
छोरी जन्मियो भने दोश्रो बिहे गर्छु – म २३ वर्षकी हुँदा श्रीमानले दिएको धम्की मेरो कानमा अझै गुन्जिरहन्छ । मेरो नाम मिना (नाम परिवर्तन) हो। म नेपालको एक गाउँमा बस्छु। लगातार दुइ वटी छोरी जन्माइसके पछी मेरो श्रीमानले मलाई अब चाही तैले छोरो जन्माइनस भने अर्की ल्याएर भए पनि छोरा नै जन्माउछु भनेर औंला ठड्याएर भनेको अहिले जस्तो लाग्छ ।
तर, मेरी स्टोप्स् सेन्टर सँगको भेट जसले मेरो जीवन परिवर्तन गरायो ।
मेरी स्टोप्स् सेन्टरले संचालन गरेको चेतनामुलक कार्यक्रममा सहभागी हुने मौका पाए जुन हाम्रै गाँउमा हामी आमा समुहका लागि थियो । मैले मेरो कुरा पनि राख्ने मौका पाए वहाँहरुले राम्रो सँग बुझाइदिनु भयो कि छोरी वा छोरा जन्माउने कुरा त पुरुषमा भर पर्दोरहेछ । हामी महिलाहरुले त त्यतिकै दोष मात्र पाउने रहेछौ । आफ्नै सरीरलाई दुखः दिएर बच्चा पनि जन्माउनु छ अनि दोष पनि पाउनु छ यसरी त भएन अब केहि गर्नु पर्यो भनेर वहाँहरुलाई सोधे, मेरी स्टोप्स् सेन्टरमा सुरक्षित गर्भपतन, परिवार योजना र अन्य यौन तथा प्रजनन स्वास्थ्य सेवा पाइदो रहेछ भन्ने कुरा थाहा पाए पछी घरमा कसैलाई पनि नभनि सुटुक्क म सेवा लिन मेरी स्टोप्स् सेन्टर पुगे ।
सुरुमा डर लागेको थियो तर वहाँहरुको मित्रवत व्यवहारले मेरो सबै डर हरायो । धेरै गर्भ निरोधक साधन रहेछन। आफ्नो आवश्यक्ता र जीवनशैली अनुसारको साधनको बारेमा परामर्श लिएर आफ्नो लागि आफै साधन छनोट गर्दा ढुक्क हुने रहेछ यो सबै कुरा मैले परामर्शको दौरानमा थाहा पाए । अनि मेरो लागि १० बर्षे साधन आइ यु सि डि (कपर–टी) राख्ने निर्णय गरेँ। यो सेवा गुण्स्तरिय थियो र सबै प्रक्रिया गोप्य राखियो।
अहिले म हाम्रा दुइ छोरीको शिक्षा दिक्षामा व्यस्त छु उनिहरु लाई स्कुल पठाएर सानो तिनो व्यापार गर्छु मलाई र छोरीहरुका लागि पुग्ने खर्च आफै कमाउछु यो गर्भ निरोधक साधनले मेरो स्वास्थ्य मात्र होईन मलाई सशक्तिकरण पनि गरेको छ । म श्रीमानसँग कुरा गर्न पनि डराउँदिन। म आफैं निर्णय गर्न सक्ने बनेकी छु, म अरू महिलालाई पनि यस्तै सेवा लिन प्रेरित गर्छु।
नेपालमा अझै पनि धेरै महिला र किशोरीहरू यौन तथा प्रजनन स्वास्थ्य सेवा र जानकारीबाट वञ्चित छन्। ग्रामीण क्षेत्रमा सेवा पहुँच, जानकारीको कमी, सामाजिक दबाब, लाज र डर मुख्य चुनौती हुन्। तर सरकारी तथा साझेदार संस्थाहरूको प्रयासले अहिले धेरै महिलाहरू सुरक्षित गर्भपतन, परिवार नियोजन, पाठेघरको मुखको क्यान्सर परीक्षण, किशोरीमैत्री सेवा, यौन रोग जाँच सेवा र महिनावारी सुरु भए देखि महिनावारी बन्द हुन्जेलसम्म देखिने समस्याका बारेमा चेक जाँच गर्न थालेका छन । यो स्वास्थ्यको कुरा मात्र होईन स्वास्थ्य संगै महिला सशक्तिकरणको पनि कुरा हो । यौन तथा प्रजनन स्वास्थ्य अधिकार हाम्रा मौलिक मानव अधिकार हुन्। सुरक्षित सेवा र सही जानकारी हरेक नेपाली महिलाको पहुँचमा पुग्नुपर्छ।