
महिलाहरूमा महिनावारी गराउने मासिक चक्रहरू पूर्ण रूपमा रोकिनु वा समाप्त हुनु नै रजोनिवृत्ति (मेनोपज) हो। रजोनिवृत्ति महिलाको जीवनको एउटा चरण हो जहाँ नियमित भइरहेको महिनावारी सधैंका लागि बन्द हुन्छ। महिनावारी सुक्ने बेला वा रजोनिवृत्ति भएको भनेर एउटै अवस्थालाई बुझिन्छ। १२ महिनासम्म निरन्तर महिनावारी रोकिएपछि रजोनिवृत्ति हो भनेर थाहा हुन्छ। रजोनिवृत्ति एउटा प्राकृतिक र जैविक प्रक्रिया हो। यो अवस्थामा डिम्बाशयले हर्मोनहरू उत्पादन गर्दैन।
महिलामा ४० देखि ६० वर्षको उमेरमा जुनसुकै बेला पनि महिनावारी बन्द हुन सक्छ । नेपालमा महिनावारी बन्द हुने औसत उमेर ५१ वर्ष रहेको छ । महिलाहरू महिनावारी बन्द हुने अवस्था (मेनोपज) मा प्रवेश गरे सँगै कसैलाई छिटो, कसैलाई ढिलो हुने, कसैलाई लामो समयसम्म रक्तस्राव भइरहने, कसैलाई छोटो समयसम्म मात्र हुने गर्दछ । कुनै महिलालाई लगातार १२ महिनासम्म महिनावारी आएन भने त्यसलाई मेनोपज भनिन्छ । यो महिलाहरूको प्रजनन् क्षमताको अन्त्यको सङ्केत पनि हो ।
प्रत्येक महिलाले मेनोपजका लक्षणहरू फरक फरक तरिकाले अनुभव गर्न सक्छन्। सबै महिलाहरूलाई एकै किसिमका लक्षणहरू नदेखिन सक्छन्। यो समयमा महिलाहरूलाई विभिन्न समस्याहरू देखिन थाल्छन्।
पेरिमेनोपज र मेनोपजको अवधिमा महिलाहरूमा निम्न लक्षणहरू देखिन्छन्।
अनियमित महिनावारी हुने, योनी सुक्खा हुने, यौन इच्छामा कमी हुने, यौनसम्बन्ध राख्न गाह्रो हुने, छिनछिनमा विचार परिवर्तन हुने, राति पसिना आउने, शरीर एकछिन चिसो र एकछिन तातो हुने, सानो कुरामा पनि छिटो रिसाउने, चिडचिडापन बढ्ने, निद्रामा समस्या हुने, छाला सुक्खा हुने, जोर्नी दुख्ने, अनुहारमा चाउरी आउने, टाउको दुख्ने, महिनावारी कहिलेकाहीँ नहुने, बारम्बार पिसाब लाग्ने जस्ता लक्षणहरू देखा पर्न सक्छन्।
त्यसैले मेनोपजको अवस्थामा आफू पुगेको संकेत पाउनेबित्तिकै तालिम प्राप्त सेवा प्रदायक वा चिकित्सकसँग उचित परामर्श तथा सेवा लिनु अनिवार्य छ। सही परामर्श र उपचारबाट मेनोपजपछिका मुटुरोग र हाडजोर्नीका समस्याबाट जोगिन सकिन्छ।
आफुखुशी औषधीहरु किनेर खानु हुँदैन किनकि यसले राम्रो भन्दा बढी हानी निम्त्याउन सक्छ। उचित परामर्श र चेक जाँचका लागी नजिकैको मेरी स्टोप्स सेन्टर जान सक्नुहुन्छ । तपाइलाई मेरी स्टोप्स् सेन्टरमा पेरिमेनोपज र मेनोपजका परामर्श र सेवा प्रदान गरिन्छ । यो समयमा हुने शारिरिक तथा मानसिक परिवर्तनले हुने समस्यालाई समाधान गरेर सहज र स्वास्थ्य जिवनयापन गर्न सकिन्छ ।
तपाईँलाई थप जानकारी र सेवाको आवश्यकता भएमा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मेरी स्टोप्स् नेपालको सहकार्यमा सञ्चालित मेरी साथी निःशुल्क हेल्पलाइन नम्बर ११४३ मा सम्पर्क गर्नुहोस् ।
महिला स्वास्थ्य जाँचको समय भयो?
हाम्रा गैर-निर्णयात्मक प्रदायकहरूले तपाईंले सामना गरिरहनुभएका समस्याहरू बुझ्न, निदान गर्न र उपचार गर्न समय लिनेछन्।.
सम्पर्क गर्नुहोस्
थप जानकारीको लागि, कृपया हामीलाई ९७७९८४७६९५२४८ (हट्सएप) मा सम्पर्क गर्नुहोस् वा

