महिनावारी समस्याहरू
मासिक धर्म स्वास्थ्य समस्याहरूको लागि राहत र सहयोग।.

मासिक धर्म सम्बन्धी समस्याहरू
मासिक धर्म भनेको पाठेघरको भित्री अस्तर र रगतको स्राव हो जुन सामान्यतया हरेक महिना चक्रीय रूपमा हुन्छ। सामान्य महिनावारी हरेक २४ देखि ३८ दिनको बीचमा हुन्छ। रक्तस्रावको अवधि ८ दिनभन्दा कम र सामान्यतया ४ देखि ५ दिनसम्म हुन्छ। महिनावारीको पूरा अवधिभरमा रक्तस्रावको मात्रा ८० मिलिलिटरभन्दा कम हुन्छ। यदि महिनावारी माथि उल्लिखित भन्दा फरक छ भने, त्यो असामान्य हो।.
मासिक धर्मसँग सम्बन्धित विभिन्न समस्याहरू हुन सक्छन् जसलाई स्वास्थ्य संस्थाबाट सहयोग, सल्लाह र कतिपय अवस्थामा उपचारको आवश्यकता पर्दछ। MSI ले महिनावारीसँग सम्बन्धित समस्या भएका महिला ग्राहकहरूलाई सेवा प्रदान गर्दछ।.
MSI ले महिनावारी सम्बन्धी समस्या भएका व्यक्तिहरूलाई सेवा प्रदान गर्दछ:
- स्वच्छता कायम गर्नमा समस्या र विभिन्न प्रजनन पथ सङ्क्रमण हुने।.
- महिनावारीको बेला हुने दुखाइ (डिसमेनोरिया)
- मानसिक तनाव, थकान र स्तन दुखाइ महिनावारीसँग सम्बन्धित (प्री-मेन्स्ट्रुअल सिन्ड्रोम)
- धेरै महिनावारी रक्तस्राव
- अनियमित महिनावारी
- ाइमोनर्रिया.
- अल्प मासिक धर्म (ओलिगोमेनोरिया).




