Beware of imitator clinics claiming to be associated with us or offering similar services. Click to find out more about our centres.


Home      Help and Advice      के महिनावारी सुक्नेबेला (मेनोपज) अवस्थालाई सहज बनाउन सकिन्छ ?


के महिनावारी सुक्नेबेला (मेनोपज) अवस्थालाई सहज बनाउन सकिन्छ ?

 •  8 August 2024  • 1 min read

Share






Copied


महिलाहरुमा महिनावारी गराउने मासिक चक्रहरु पूर्ण रुपमा रोकिनु वा समाप्त हुनु नै मेनोपज हो । मेनोपज महिलाको जीवनको एउटा चरण हो जहाँ नियमित भैरहेको महिनावारी सधैंका लागि बन्द हुन्छ । महिनावारी सुक्ने बेला वा मेनोपज भएको भनेर एउटै अवस्थालाई बुझिन्छ। १२ महिना सम्म निरन्तर महिनावारी रोकिए पछि मेनोपज हो भनेर थाहा हुन्छ । मेनोपज एउटा प्राकृतिक र जैविक प्रक्रिया हो । यो अवस्थामा अण्डासयले हर्मोनहरु उत्पादन गर्दैन ।

 महिलामा ४० देखि ६० वर्षको उमेरमा जति बेला पनि महिनावारी बन्द हुन सक्छ । नेपालमा महिनावारी बन्द हुने औसत उमेर ५१ वर्ष रहेको छ । महिलाहरु मेनोपजको अवस्थामा प्रवेश गरे सँगै कसैलाई महिनावारी छिटो, कसैलाई ढिलो हुने, कसैलाई लामो समयसम्म ब्लिडिङ भईरहने, कसैलाई छोटो समयसम्म मात्र हुने गर्दछ । कुनै महिलालाई लगातार १२ महिनासम्म महिनावारी आएन भने त्यसलाई मेनोपज भन्ने गरिन्छ। यो महिलाहरुको प्रजनन् क्षमताको अन्त्यको संकेत पनि हो।

हरेक महिलाहरुले फरक फरक प्रकारले मेनोपजको लक्षणहरु अनुभव गर्न सक्छन। सबै महिलाहरुलाई एकै नाशको लक्षणहरु देखा नपर्न पनि सक्छ । यो समयमा महिलाहरुलाई बिभिन्न समस्याहरु देखिन थाल्छ ।

पेरिमेनोपज र मेनोपजको अवधिमा महिलाहरुमा निम्न लक्षणहरु देखिन्छ।

अनियमित महिनावारी शुरु हुने, योनी सुख्खा हुने, यौन इच्छामा कमी हुने, यौन सम्बन्ध राख्न कठिनाइ हुने, छिनछिनमा सोचाइ परिवर्तन हुने, राती पसिना आउने, शरीर एक्छिनमा चिसो, एक्छिनमा तातो हुने, एकदमै सानो कुरामा रिसाउने, चिड्चिडापन बढ्ने, निन्द्रामा गडबडी हुने, छाला सुख्खा हुने, हाडजोर्नी दुख्ने, अनुहारमा चाउरीपना आउने, टाउको दुख्ने, महिनावारी अनियमित हुने, छिनछिनमा पिसाब लाग्ने आदि ।

त्यसैले मेनोपजको अवस्थामा आफु पुगेको संकेत पाउने बितिकै तालिम प्राप्त सेवा प्रदायक वा चिकित्सकसँग उचित परामर्श तथा सेवा लिनु अनिवार्य छ।  सही परामर्श र उपचार बाट मेनोपज पछी हुनसक्ने मुटु रोग र हाड्जोर्नीको समस्या बाट जोगिन सकिन्छ ।

आफु खुशी औषधीहरु किनेर खानु हुँदैन किनकि यसले राम्रो भन्दा बढी हानी निम्त्याउन सक्छ। उचित परामर्श र चेक जाँचका लागी नजिकैको मेरी स्टोप्स सेन्टर जान सक्नुहुन्छ । तपाइलाई मेरी स्टोप्स् सेन्टरमा पेरिमेनोपज र मेनोपजका परामर्श र सेवा प्रदान गरिन्छ । यो समयमा हुने शारिरिक तथा मानसिक परिवर्तनले हुने समस्यालाई समाधान गरेर सहज र स्वास्थ्य जिवनयापन गर्न  सकिन्छ ।

थप जानकारी र सेवाका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मेरी स्टोप्स् नेपालको सहकार्यमा संचालित मेरी साथि निःशुल्क हेल्पलाइन नम्बर ११४३ मा सम्पर्क गर्नुहोस् ।

icon-services

Time for a female health check?

Our non-judgemental providers will take the time to understand, diagnose and treat issues you’re facing.


Share






Copied