Beware of imitator clinics claiming to be associated with us or offering similar services. Click to find out more about our centres.


Home      Help and Advice      सुरक्षित गर्भपतन सेवा — एक जानकारी


सुरक्षित गर्भपतन सेवा — एक जानकारी

8 November 2024  – 1 min read – Reproductive health

Share this






Copied


महिलाहरुको जीवनमा कहिले काही यस्तो संवेदनशिल परिस्थिती आइ लाग्दछ कि, वहाँहरुले गर्भ राख्ने वा नराख्ने भनेर धेरै बिचार गर्नु परेको हुन्छ । परिवार योजनाका स्थायी वा अस्थाइ साधन प्रयोग गरेको भए सायद यस्तो स्थिती आउँदैन थियो होला । तर जुन कारणले होस्, यदी गर्भपतन गराउने नै निर्णय गर्नु भयो भने पनि कुन ठाउँमा गराउदा सुरक्षित हुन्छ होला भन्ने छनौट गर्न गार्हो हुन्छ । धेरै महिलाहरुलाई गर्भपतन सेवाले कानुनी मान्यता पाइसकेको बारे जानकारी सम्म छैन । सुरक्षित गर्भपतन सेवाले नेपालमा कानुनी मान्यता बिक्रम सम्बत २०५९ मा पाइसकेको छ जसमा गर्भपतन गराउने महिलाको मन्जुरिमा १२ हप्ता सम्मको गर्भ, बलत्कार र हाडनाता करणी बाट रहन गएको गर्भ र गर्भपतन नगराएमा गर्भको कारणले महिलाको जिवन र स्वास्थ्यमा असर पर्ने भएमा र विकलाङ्ग बच्चा जन्मन सक्ने भएमा नेपाल सरकारबाट अनुमती प्राप्तचिकित्सकको रायले २८ हप्ता सम्मको गर्भपतन गर्न पाउने कानुनी मान्यता छ ।

तर अझै पनि नेपालमा गर्भपतन लाई कानूनी रुपमा मान्यता छ भन्ने बारे १० मा ४ महिलाहरुमा मात्र थाहा भएको पाईएको छ । नेपालमा करिब ५८ प्रतिशत महिलाहरुले सरकारले मान्यता प्राप्त नगरेका स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिरहेको देखिन्छ । जसले गर्दा कुनै किसिमको जटिलता देखिएमा ठुलो जोखिम हुने गर्दछ फलस्वरुप प्रत्यक्ष र अप्रत्यक्ष रुपमा महिलाहरुको शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यमा नकारात्मक असर पुगिरहेको छ ।

अनिच्छित गर्भधारणको कारणले भैरहेको गर्भपतनको संख्यामा कमी ल्याउन सबैलाई पहुच हुने गरी गुणस्तरिय परिवार योजना परामर्श तथा सेवा उपलब्ध गराउनु पर्छ । असुरक्षित तथा गैर कानुनी रुपमा भईरहेको गर्भपतनलाई निरुत्साहित गर्नु पर्दछ यसका लागी गर्भपतन सेवाले कानुनी मान्यता पाइसकेको कुरा, सुरक्षित गर्भपतन सेवाको उपलब्धताको बारेमा साथ साथै गर्भपतन सम्बन्धी सामाजिक लाल्छना र हेयभावको दृष्टिकोण हटाउनका लागी ब्यापक रुपमा जनचेतना फैलाउनु पर्दछ ।

अनिच्छित गर्भ रहेमा महिलाहरुले गर्भपतनको निर्णय लिन सक्छन र अनियोजित गर्भधारण भएमा १२ हप्ता सम्मको गर्भलाई महिलाहरुले आफ्नै मन्जुरीमा सुरक्षित गर्भपतन सेवा लिन सक्छन तर अझै पनि धेरै महिलाहरु सुरक्षित गर्भपतन सेवाले कानुनी मान्यता पाएको कुरा थाहा नभएर र सामाजिक लाल्छनाको कारणले कानुनले बन्देज गरेको असुरक्षित ठाउँबाट तथा औषधी पसलहरुबाट राम्ररी परामर्श बिना नै गर्भपतन सेवा लिइरहेका हुन्छन । औषधीबाट गरिने गर्भपतन सेवा होस वा सर्जिकल गर्भपतन सेवा होस, सरकारद्वारा मान्यता प्राप्त सुचिकृत स्वास्थ्य संस्थाबाट नै सुरक्षित सेवा लिनुपर्दछ ।

एउटा महिलालाई कस्तो सम्म पिडा हुन्छ भने वहाँको चाही गर्भरहेको हुन्छ र गर्भ रहदा रहदै पनि र वहाले चाहदा चाहदै पनि सामजिक लाल्छना भोली बेहोर्नु पर्छ भनेर सुरक्षित ठाउँमा गएर सेवा लिन नसकेको स्थिती छ यसरी गर्भपतन सेवालाई समाजले हेयभावले हेर्ने र लाल्छना लगाउने भएकोले धेरै महिलाहरु अहिले पनि असुरक्षित ठाउँ बाट गर्भपतन सेवा लिएर आफ्नो जीवनलाई नै जोखिममा पार्न बाध्य छन ।

गर्भपतन गर्ने प्रकृया एक महिलाको शरिरमा प्रयोग हुने प्रकृया हो जसलाई सुरक्षित तरिकाले गरिएन भने उनि महिलाको स्वास्थ्यमा बिभिन्न जटिलताहरु आउन सक्ने हुँदा सबै सेवाग्राहीहरुले नेपाल सरकारद्वारा मान्यता प्राप्त संस्थाबाट मात्र सेवा लिनु जरुरी छ ।

सुनौलो परिवार नेपालद्वारा संचालित मेरी स्टोप्स् सेन्टरहरुले सुरक्षित गर्भपतन सेवा प्रदान गर्दै आइरहेको छ । १८ वटा जिल्लामा रहेका २२ वटा मेरी स्टोप्स् सेन्टरहरुले सुरक्षित गर्भपतन सेवाका साथै परिवार योजना र महिलाहरुको महिनावारी सुरु भएदेखी बन्द हुन्जेल सम्मका सम्पूर्ण प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श र गुणस्तरिय सेवा उपलब्ध गराउदै आइरहेको छ ।


Share this






Copied

Related posts

MSI talks


15 June 2021  • 6 min read

Why have my periods changed?

It’s not unusual for your periods to change over time. Bleeding can get heavier or lighter, and cramps can come

MSI talks


5 May 2025  • 1 min read

मेनोपज, (महिनावारी सुक्नु) भनेको के हो त?

MSI talks


2 October 2021  • 9 min read

How can I keep my vagina healthy?

When you talk about taking good care of your body, you don’t always think about your vagina. But knowing how