हामीसँग सम्बन्धित भएको वा समान सेवाहरू प्रदान गरेको दाबी गर्ने नक्कल गर्ने क्लिनिकहरूबाट सावधान रहनुहोस्। हाम्रा केन्द्रहरूको बारेमा थप जान्न क्लिक गर्नुहोस्।.

search-button

घर      सहयोग र सल्लाह      सुरक्षित गर्भपतन सेवा — एक जानकारी


सुरक्षित गर्भपतन सेवा — एक जानकारी

८ नोभेम्बर २०२४ – १ मिनेट पढ्नुहोस् – प्रजनन स्वास्थ्य

शेयर गर्नुहोस्






नक्कली


महिलाहरूको जीवनमा कहिलेकाहीँ यस्तो संवेदनशील स्थिति आइपर्छ कि, उहाँहरूले गर्भ राख्ने वा नराख्ने भनेर धेरै विचार गर्नुपरेको हुन्छ। परिवार योजनाका स्थायी वा अस्थायी साधन प्रयोग गरेको भए सायद यस्तो स्थिति आउँदैनथियो होला। तर जुनसुकै कारणले होस्, यदि गर्भपतन गराउने नै निर्णय गर्नुभयो भने पनि कुन ठाउँमा गराउँदा सुरक्षित हुन्छ होला भन्ने छनोट गर्न गाह्रो हुन्छ। धेरै महिलाहरूलाई गर्भपतन सेवाले कानुनी मान्यता पाइसकेको बारे जानकारीसम्म छैन। सुरक्षित गर्भपतन सेवाले नेपालमा कानुनी मान्यता विक्रम संवत् २०५९ मा पाइसकेको छ जसमा गर्भपतन गराउने महिलाको मन्जुरीमा १२ हप्तासम्मको गर्भ, बलात्कार र हाडनाता करणीबाट रहन गएको गर्भ र गर्भपतन नगराएमा गर्भको कारणले महिलाको जीवन र स्वास्थ्यमा असर पर्ने भएमा र विकलांग बच्चा जन्मन सक्ने भएमा नेपाल सरकारबाट अनुमति प्राप्त चिकित्सकको रायले २८ हप्तासम्मको गर्भपतन गर्न पाउने कानुनी मान्यता छ।

तर अझै पनि नेपालमा गर्भपतनलाई कानुनी मान्यता छ भन्ने बारे १० मध्ये ४ महिलाहरूलाई मात्र थाहा भएको पाइन्छ। नेपालमा करिब ५८ प्रतिशत महिलाहरूले सरकारबाट मान्यता नपाएका स्वास्थ्य संस्थाहरूबाट गर्भपतन सेवा लिइरहेको देखिन्छ। जसले गर्दा कुनै पनि किसिमको जटिलता देखिएमा ठूलो जोखिम हुने गर्छ, फलस्वरूप प्रत्यक्ष र अप्रत्यक्ष रूपमा महिलाहरूको शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ।

अनपेक्षित गर्भधारणका कारणले हुने गर्भपतनको दर घटाउनका लागि, सबैका लागि गुणस्तरीय परिवार नियोजन परामर्श र सेवाहरू उपलब्ध हुनुपर्छ। असुरक्षित र गैरकानुनी गर्भपतनलाई निरुत्साहित गरिनुपर्छ। यसका लागि, गर्भपतन सेवालाई कानुनी मान्यता दिइनुपर्छ, सुरक्षित गर्भपतन सेवाको उपलब्धता बारे जानकारी दिनुपर्छ, र गर्भपतन सम्बन्धी सामाजिक कलंक र हेयको दृष्टिकोण हटाउन व्यापक जनचेतना जगाउनुपर्छ।

अनिच्छित गर्भ रहेमा महिलाहरूले गर्भपतनको निर्णय लिन सक्छन् र अनियोजित गर्भधारण भएमा १२ हप्तासम्मको गर्भलाई महिलाहरूले आफ्नै मन्जुरीमा सुरक्षित गर्भपतन सेवा लिन सक्छन्। तर अझै पनि धेरै महिलाहरू सुरक्षित गर्भपतन सेवाले कानुनी मान्यता पाएको कुरा थाहा नभएर र सामाजिक लाञ्छनाको कारणले कानुनले बन्देज गरेको असुरक्षित ठाउँबाट तथा औषधी पसलहरूबाट राम्ररी परामर्श बिना नै गर्भपतन सेवा लिइरहेका हुन्छन्। औषधीबाट गरिने गर्भपतन सेवा होस् वा सर्जिकल गर्भपतन सेवा होस्, सरकारद्वारा मान्यता प्राप्त सुचिकृत स्वास्थ्य संस्थाबाट नै सुरक्षित सेवा लिनुपर्दछ।

एउटी महिलालाई कस्तो पीडा हुन्छ भने उनको गर्भ बसिसकेको हुन्छ र गर्भ रहँदा रहँदै पनि, र उनले चाहेको खण्डमा पनि सामाजिक लाञ्छना भोलि बेहोर्नुपर्छ भनेर सुरक्षित ठाउँमा गएर सेवा लिन नसकेको स्थिति छ। यसरी गर्भपतन सेवालाई समाजले हेयभावले हेर्ने र लाञ्छना लगाउने भएकोले धेरै महिलाहरू अहिले पनि असुरक्षित ठाउँबाट गर्भपतन सेवा लिएर आफ्नो जीवनलाई नै जोखिममा पार्न बाध्य छन्।

गर्भपतन गर्ने प्रक्रिया एक महिलाको शरीरमा प्रयोग हुने प्रक्रिया हो, जसलाई सुरक्षित तरिकाले गरिएन भने उनको स्वास्थ्यमा विभिन्न जटिलताहरू आउन सक्ने हुँदा सबै सेवाग्राहीहरूले नेपाल सरकारद्वारा मान्यता प्राप्त संस्थाबाट मात्र सेवा लिनु जरुरी छ।

सुनौलो परिवार नेपालद्वारा सञ्चालित मेरी स्टोप्स् सेन्टरहरूले सुरक्षित गर्भपतन सेवा प्रदान गर्दै आइरहेको छ। १८ वटा जिल्लामा रहेका २२ वटा मेरी स्टोप्स् सेन्टरहरूले सुरक्षित गर्भपतन सेवाका साथै परिवार योजना र महिलाहरूको महिनावारी सुरु भएदेखि बन्द हुन्जेलसम्मका सम्पूर्ण प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श र गुणस्तरीय सेवा उपलब्ध गराउँदै आइरहेको छ।


शेयर गर्नुहोस्






नक्कली

सम्बन्धित पोष्टहरू

एमएसआई कुराहरू


१३ अगस्ट २०२१ • ५ मिनेट पढ्नुहोस्

म गर्भवती छु कि छैन भनेर मलाई कसरी थाहा हुन्छ?

गर्भवती भएको शंका लागेको बेला महिनावारीको प्रतीक्षा गर्नु निकै पीडादायी हुन सक्छ। चाहे गर्भावस्थाको परीक्षण सकारात्मक होस्

एमएसआई कुराहरू


११ मे २०२१ • ६ मिनेट पढ्नुहोस्

के मलाई यौन रोग लागेको छ?

यदि तपाईंलाई यौन संचारित संक्रमण (STI) लागेको छ भन्ने चिन्ता छ भने, तपाईं एक्लै हुनुहुनेछैन। यौन संचारित संक्रमणहरू, जुन

समाचार


१७ डिसेम्बर २०२०  • १ मिनेट पढ्नुहोस्

मासिक धर्मको बारेमा तपाईले जान्नु पर्ने कुराहरू

हामीसँग महिनावारी, जसलाई पिरियड्स वा महिनाको समय पनि भन्न सकिन्छ, बुझाउने एउटा छोटो भिडियो छ।.