हामीसँग सम्बन्धित भएको वा समान सेवाहरू प्रदान गरेको दाबी गर्ने नक्कल गर्ने क्लिनिकहरूबाट सावधान रहनुहोस्। हाम्रा केन्द्रहरूको बारेमा थप जान्न क्लिक गर्नुहोस्।.

search-button

घर      सहयोग र सल्लाह      कथाहरू      तीन दशकदेखी महिला स्वास्थ्यमा समर्पित मेरी स्टोप्स् इन्टरनेशनल नेपाल


तीन दशकदेखी महिला स्वास्थ्यमा समर्पित मेरी स्टोप्स् इन्टरनेशनल नेपाल

११ सेप्टेम्बर २०२४ – १ मिनेट पढ्नुहोस् – कथाहरू

शेयर गर्नुहोस्






नक्कली


मेरी स्टोप्स् इन्टरनेशनलको साझेदार संस्था सुनौलो परिवार नेपालले विगत ३ दशकदेखि यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा सफलतापूर्वक काम गरिरहेको छ । स्वास्थ्य सेवा प्रदायक संस्थाको रूपमा परिचित यो संस्थाले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी महिलाको निर्णय गर्ने अधिकारलाई सम्मान गर्दै प्रजनन स्वास्थ्यसम्बन्धी सूचना र सेवा छनोटका विषयमा जानकारी दिएर सही निर्णय लिन सहयोग गर्छ । महिनावारी सुरु भएदेखि महिनावारी बन्द हुने बेलासम्म आउन सक्ने विभिन्न स्वास्थ्यसम्बन्धी समस्याहरूमा केन्द्रित भएर प्रदान गर्ने सम्पूर्ण सेवाहरूले महिलाहरूको प्रजनन स्वास्थ्यमा सुधार ल्याई उनीहरूको व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनको विकासमा योगदान पुर्याएको छ ।

मेरी स्टोप्स्‌का १८ वटा जिल्लामा रहेका २२ वटा क्लिनिकहरू, विभिन्न जिल्लामा रहेका मेरी स्टोप्स् लेडीज र घुम्ती शिविर कार्यक्रमहरू मार्फत परिवार नियोजनका अस्थायी साधनहरू (पुरुषले प्रयोग गर्ने कन्डम, महिलाले प्रयोग गर्ने पिल्स चक्की, तीन महिने सुई डिपोप्रोभेरा, पाँच वर्षे इम्प्लान्ट र १० वर्षे आई.यु.सी.डी र स्थायी बन्ध्याकरण (पुरुषका लागि भ्यासेक्टोमी र महिलाका लागि मिनिल्याप), सुरक्षित गर्भपतन, पाठेघरको मुखको सम्भावित क्यान्सरको जाँच तथा रोकथामका लागि भ्याक्सिनको सेवा, यौन रोगको जाँच तथा उपचार सेवा, प्रजनन क्षमतामा कमी भएका महिला र पुरुषहरूको लागि जाँच तथा उपचार सेवा, महिनावारी बन्द हुने बेला (मेनोपज) को समयमा देखिन सक्ने स्वास्थ्य समस्याको जाँच तथा उपचार सेवाका साथै अन्य प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू प्रदान गर्दै आइरहेको छ। साथै, यौन तथा प्रजनन स्वास्थ्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा मेरी स्टोप्स्‌को सहकार्यमा सञ्चालित मेरी साथी निःशुल्क हेल्पलाईन (११४३) सञ्चालन गरेर नेपालमा यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा महत्त्वपूर्ण कार्य गर्दै आइरहेको छ। त्यस्तै गरी मेरी स्टोप्स्‌ले सुनौलो परिवार नेपाल मार्फत नेपालका सरकारी स्वास्थ्य संस्थाहरूलाई सुदृढिकरण गर्ने र त्यहाँका स्वास्थ्य सेवा प्रदायकहरूलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी विभिन्न तालिमहरू प्रदान गर्दैआएको छ ।

सन् २०२३ मा मेरी स्टोप्सले आफ्ना विभिन्न कार्यक्रमहरू मार्फत लाखौंको संख्यामा यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्न सफल भएको छ र यो सम्बन्धी सूचना र परामर्शको हकमा लगभग ६०,००० महिला, पुरुष, किशोरकिशोरी तथा युवा वर्गलाई मेरी साथी निःशुल्क हेल्पलाइन ११४३ मार्फत सही सूचना प्रदान गरिएको थियो।

युवा र किशोरकिशोरी मैत्री वातावरणमा सेवा दिनका लागि आफ्ना सबै सेवा प्रदान गर्ने च्यानलमा रहेका सेवा प्रदायक र परामर्शकर्ताहरूलाई युवा मैत्री परामर्श र सेवा सम्बन्धी तालिम पनि दिइसकेको छ। यसरी मेरी स्टोप्स्‌ले सञ्चालन गरेको विभिन्न प्रजनन स्वास्थ्य कार्यक्रमहरूले लाखौंको संख्यामा महिला तथा किशोरकिशोरीहरूलाई गुणस्तरीय प्रजनन स्वास्थ्य सेवा प्रदान गरेर असुरक्षित गर्भपतनका कारणले हुने मृत्युका साथै दीर्घकालिन रूपमा हुने शारीरिक र मानसिक समस्याहरूलाई कम गरी नेपालको दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि ठूलो भूमिका खेलेको छ।

icon-services

महिला स्वास्थ्य जाँचको समय भयो?

हाम्रा गैर-निर्णयात्मक प्रदायकहरूले तपाईंले सामना गरिरहेका समस्याहरू बुझ्न, निदान गर्न र उपचार गर्न समय लिनेछन्।.


शेयर गर्नुहोस्






नक्कली

सम्बन्धित पोष्टहरू

कथाहरू


३० जुन २०२५ • १ मिनेट पढ्नुहोस्

महिलाको यौन तथा प्रजनन स्वास्थ्यको यात्रा

छोरी जन्मियो भने दोस्रो बिहे गर्छु – म २३

कथाहरू


२ जनवरी २०२६ • २ मिनेट पढ्नुहोस्

पहुँच नपुग्नेलाई पुर्याउन: ग्रामीण नेपालमा प्रजनन छनौटको विस्तार

”जीवन बचाउने चिकित्सा सेवा प्रदान गर्न पाएकोमा म धेरै गर्व र कृतज्ञ महसुस गर्दछु," हाम्रा एक जना टिकाले भनिन्।

कथाहरू


४ फेब्रुअरी २०२६ • १ मिनेट पढाइ

सुस्वास्थ्य सेवाका लागि निःशुल्क हेल्पलाइन – ११४३