हामीसँग सम्बन्धित भएको वा समान सेवाहरू प्रदान गरेको दाबी गर्ने नक्कल गर्ने क्लिनिकहरूबाट सावधान रहनुहोस्। हाम्रा केन्द्रहरूको बारेमा थप जान्न क्लिक गर्नुहोस्।.

search-button

घर      सहयोग र सल्लाह      कथाहरू      महिलाको यौन तथा प्रजनन स्वास्थ्यको यात्रा


महिलाको यौन तथा प्रजनन स्वास्थ्यको यात्रा

३० जुन २०२५ – १ मिनेट पढाई – कथाहरू

शेयर गर्नुहोस्






नक्कली


छोरी जन्मियो भने दोश्रो बिहे गर्छु – म २३ वर्षकी हुँदा श्रीमानले दिएको धम्की मेरो कानमा अझै गुन्जिरहन्छ । मेरो नाम मिना (नाम परिवर्तन) हो । म नेपालको एक गाउँमा बस्छु । लगातार दुइ वटी छोरी जन्माइसके पछी मेरो श्रीमानले मलाई अब चाही तैले छोरो जन्माइनस भने अर्की ल्याएर भए पनि छोरा नै जन्माउछु भनेर औंला ठड्याएर भनेको अहिले जस्तो लाग्छ ।


तर, मेरी स्टोक्स सेन्टर सँगको भेट जसले मेरो जीवन परिवर्तन गरायो ।


मेरी स्टोप्स् सेन्टरले संचालन गरेको चेतनामूलक कार्यक्रममा सहभागी हुने मौका पाएँ, जुन हाम्रै गाउँमा हामी आमा समूहका लागि थियो। मैले मेरो कुरा पनि राख्ने मौका पाएँ। उहाँहरूले राम्रोसँग बुझाइदिनुभयो कि छोरी वा छोरा जन्माउने कुरा त पुरुषमा भर पर्दोरहेछ। हामी महिलाहरूले त त्यत्तिकै दोष मात्र पाउने रहेछौँ। आफ्नै शरीरलाई दुःख दिएर बच्चा पनि जन्माउनु छ अनि दोष पनि पाउनु छ, यसरी त भएन, अब केही गर्नु पर्यो भनेर उहाँहरूलाई सोधेँ। मेरी स्टोप्स् सेन्टरमा सुरक्षित गर्भपतन, परिवार योजना र अन्य यौन तथा प्रजनन स्वास्थ्य सेवा पाइँदो रहेछ भन्ने कुरा थाहा पाएपछि घरमा कसैलाई पनि नभनी सुटुक्क म सेवा लिन मेरी स्टोप्स् सेन्टर पुगेँ।


सुरुमा डर लागेको थियो तर वहाँहरुको मित्रवत व्यवहारले मेरो सबै डर हरायो । धेरै गर्भनिरोधक साधन रहेछन । आफ्नो आवश्यकता र जीवनशैली अनुसारको साधनको बारेमा परामर्श लिएर आफ्नो लागि आफै साधन छनोट गर्दा ढुक्क हुने रहेछ यो सबै कुरा मैले परामर्शको दौरानमा थाहा पाए । अनि मेरो लागि १० बर्षे साधन आइ यु सि डि (कपर–टी) राख्ने निर्णय गरेँ । यो सेवा गुणस्तरीय थियो र सबै प्रक्रिया गोप्य राखियो ।


अहिल्यै म हाम्रा दुई छोरीहरूको शिक्षादिक्षामा व्यस्त छु, उनीहरूलाई स्कुल पठाएर सानोतिनो व्यापार गर्छु। मलाई र छोरीहरूका लागि पुग्ने खर्च आफैं कमाउँछु। यो गर्भनिरोधक साधनले मेरो स्वास्थ्य मात्र होइन, मलाई सशक्तिकरण पनि गरेको छ। म श्रीमान्सँग कुरा गर्न पनि डराउँदिन। म आफैं निर्णय गर्न सक्ने बनेकी छु, म अरू महिलाहरूलाई पनि यस्तै सेवा लिन प्रेरित गर्छु।


नेपालमा अझै पनि धेरै महिला र किशोरीहरू यौन तथा प्रजनन स्वास्थ्य सेवा र जानकारीबाट वञ्चित छन्। ग्रामीण क्षेत्रमा सेवा पहुँच, जानकारीको कमी, सामाजिक दबाब, लाज र डर मुख्य चुनौती हुन्। तर सरकारी तथा साझेदार संस्थाहरूको प्रयासले अहिले धेरै महिलाहरू सुरक्षित गर्भपतन, परिवार नियोजन, पाठेघरको मुखको क्यान्सर परीक्षण, किशोरीमैत्री सेवा, यौन रोग जाँच सेवा र महिनावारी सुरु भए देखि महिनावारी बन्द हुन्जेलसम्म देखिने समस्याका बारेमा चेक जाँच गर्न थालेका छन। यो स्वास्थ्यको कुरा मात्र होईन स्वास्थ्य संगै महिला सशक्तिकरणको पनि कुरा हो। यौन तथा प्रजनन स्वास्थ्य अधिकार हाम्रा मौलिक मानव अधिकार हुन्। सुरक्षित सेवा र सही जानकारी हरेक नेपाली महिलाको पहुँचमा पुग्नुपर्छ।


शेयर गर्नुहोस्






नक्कली

सम्बन्धित पोष्टहरू

एमएसआई कुराहरू


११ सेप्टेम्बर २०२४ • १ मिनेट पढ्नुहोस्

तीन दशकदेखी महिला स्वास्थ्यमा समर्पित मेरी स्टोप्स् इन्टरनेशनल नेपाल

मेरी स्टोप्स् इन्टरनेशनलको साझेदारी

कथाहरू


२ जनवरी २०२६ • २ मिनेट पढ्नुहोस्

पहुँच नपुग्नेलाई पुर्याउन: ग्रामीण नेपालमा प्रजनन छनौटको विस्तार

”जीवन बचाउने चिकित्सा सेवा प्रदान गर्न पाएकोमा म धेरै गर्व र कृतज्ञ महसुस गर्दछु," हाम्रा एक जना टिकाले भनिन्।

कथाहरू


४ फेब्रुअरी २०२६ • १ मिनेट पढाइ

सुस्वास्थ्य सेवाका लागि निःशुल्क हेल्पलाइन – ११४३