Pap Smear
प्याप परीक्षण पाठेघरको मुखको क्यान्सर वा क्यान्सर हुन सक्ने अवस्था पत्ता लगाउने एक स्क्रिनिङ परीक्षण हो।.

प्याप स्मेयरमा सामान्य जानकारी
- यो एक सामान्य प्रक्रिया हो जसमा पाठेघरको मुख (cervix) मा टाँसिएको अवशेष (secretions) र कोषहरू (cells) हटाउनका लागि सानो नरम ब्रस प्रयोग गरेर सफा गरिन्छ। यसरी हटाइएका कोषहरूलाई क्यान्सर पूर्वका वा क्यान्सरका परिवर्तनहरूको लागि परीक्षण गरिन्छ।.
- यो २५ देखि ६५ वर्षको उमेर समूहका लागि सिफारिस गरिएको छ।.



