Beware of imitator clinics claiming to be associated with us or offering similar services. Click to find out more about our centres.


Home      Help and Advice      Stories      तीन दशकदेखी महिला स्वास्थ्यमा समर्पित मेरी स्टोप्स् इन्टरनेशनल नेपाल


तीन दशकदेखी महिला स्वास्थ्यमा समर्पित मेरी स्टोप्स् इन्टरनेशनल नेपाल

Stories  •  11 September 2024  • 1 min read

Share






Copied


मेरी स्टोप्स् इन्टरनेशनलको साझेदारी संस्था सुनौलो परिवार नेपालले बिगत ३ दशक देखि यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा सफलतापूर्वक काम गर्दै आइरहेको छ । स्वास्थ्य सेवा प्रदायकको संस्था नामले परिचित भएर यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी महिलाको निर्णय गर्ने अधिकारलाई सम्मान गर्दै प्रजनन स्वास्थ्य सम्बन्धि सुचना र सेवा छनौट्को बिषयमा जानकारी दिएर सहीनिर्णय लिनको लागी सहयोग गर्दछ । महिनावारी शुरु भए देखी महिनावारी बन्द हुने बेलासम्म आउन सक्ने बिभिन्न स्वास्थ्य सम्बन्धि समस्याहरुमा केन्द्रित भएर प्रदान गर्ने सम्पूर्ण सेवाहरुले महिलाहरुको प्रजनन स्वास्थ्यमा सुधार ल्याई उनीहरुको ब्यक्तिगत, पारिवारिक र सामाजिक जिवनको विकासमा योगदान पुर्याएको छ ।

मेरी स्‍टोप्स्‌का १८ वटा जिल्लाहरुमा रहेका २२ वटा क्लिनिकहरु, बिभिन्न जिल्लाहरुमा रहेका मेरी स्टोप्स् लेडीज र घुम्ती शिविर कार्यक्रमहरु मार्फत परिवार नियोजनका अस्थायी साधनहरु (पुरुषले प्रयोग गर्ने कन्डम्, महिलाले प्रयोग गर्ने पिल्स चक्की, तीन महिने सूई डिपोप्रोभेरा, पाँच बर्षे इम्प्लान्ट र १० बर्षे आई.यु.सी.डी र स्थायी बन्ध्याकरण (पुरुषका लागी भ्यासेक्टोमी र महिलाका लागी मिनिल्याप), सुरक्षित गर्भपतन, पाठेघरको मुखको सम्भावित क्यान्सरको चेक जाँच तथा रोकथामका लागी भ्याक्सिनको सेवा, यौन रोगको चेक जाँच तथा उपचार सेवा, प्रजनन क्षमतामा कमी भएका महिला र पुरुषहरुका लागी चेक जाँच तथा उपचार सेवा, महिनावारी बन्द हुने बेला (मेनोपज) को समयमा देखापर्नसक्ने स्वास्थ्य समस्याको चेक जाँच तथा उपचार सेवाका साथै अन्य प्रजनन स्वास्थ्य सम्बन्धि सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै, यौन तथा प्रजनन स्वास्थ्यमा स्वास्थ्य तथा जनसङख्या मन्त्रालय तथा मेरी स्‍टोपस्‌को सहकार्यमा संचालित मेरी साथी निःशुल्क हेल्पलाईन (११४३) संचालन गरेर नेपालमा यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आइरहेको छ । त्यस्तै गरेर मेरी स्‍टोप्स्‌ले सुनौलो परिवार नेपाल मार्फत नेपालका सरकारी स्वास्थ्य संस्थाहरुलाई सुढृणिकरण गर्ने र त्यहाँका स्वास्थ्य सेवा प्रदायकहरुलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी बिभिन्न तालिमहरु प्रदान गर्दैआएको छ ।

सन् २०२३ मा मेरी स्‍टोप्स्‌ले आफ्ना बिभिन्न कार्यक्रमहरु मार्फत लाखौको संख्यामा यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्न सफल भएको छ र यो सम्बन्धी सुचना र परामर्शको हकमा लगभग ६०,००० महिला, पुरुष, किशोरकिशोरी तथा युवाबर्गलाई मेरी साथी निःशुल्क हेल्पलाईन ११४३ मार्फत सही सुचना प्रदान गरीएको थियो ।

युवा र किशोरकिशोरी मैत्री वातावरणमा सेवा दिनका लागी आफ्ना सबै सेवा प्रदान गर्ने च्यानलमा रहेका सेवा प्रदायक र परामर्शकर्ताहरुलाई युवा मैत्री परामर्श र सेवा सम्बन्धी तालिम पनि दिईसकेको छ । यसरी मेरी स्‍टोप्स्‌ले संचालन गरेको बिभिन्न प्रजनन स्वास्थ्य कार्यक्रमहरुले लाखौको संख्यामा महिला तथा किशोरकिशोरीहरुलाई गुणस्तरिय प्रजनन स्वास्थ्य सेवा प्रदान गरेर असुरक्षित गर्भपतनको कारणले हुने मृत्युका साथै दिर्घकालिन रुपमा हुने शारीरिक र मानसिक समस्याहरुलाई कम गरी नेपालको दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागी ठुलो भुमिका खेलेको छ ।

icon-services

Time for a female health check?

Our non-judgmental providers will take the time to understand, diagnose and treat issues you’re facing.


Share






Copied